सिरहाबाट २२ ग्राम लागुऔषध खैरोहिरोइन सहित चारजना पक्राउ ।

जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. कसहा स्थितमा मिति २०८२ मन्सिर ४ गते अ. १२:०० बजेको।समयमा लागुऔषध ओसारपसार भईरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा अस्थाइ प्रहरी पोष्ट कसहा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटीएको प्रहरी टोलीले सो स्थानबाट ज.१ ह. ३९३० नम्बरको अटोलाइ चेकजाँच गर्दा

अटोको चालक बस्ने सिटको पछाडीको भागमा लुकाईछिलाई राखेको खैरो हिर्ोईन जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित ७ ग्राम र प्लाष्टिक बाहेक ६.५ ग्राम फेला परेकोले रीतपर्वक बरामद गरी निम्न स्थान बस्ने अटो चालक जिल्ला दाङ बागमोर नगरपालिका वडा नं. ०७ बस्ने अं. बर्ष २९ को देवराज वली र सोही अटोमा सवार जिल्ला सिन्धुलि कमलामाइ नगरपालिका वडा नं. ०६ रातामाटो बस्ने अं. बर्ष ३४ क सुशिल अधिकारी समेतलाई पक्राउ गरेको छ।

त्यसैगरी जिल्ला सिरहा लहान नगरपालिका वडा नं.२३ गढिया चौक स्थित रहेक फुलवारीमा मिति २०८२ मंसिर ०३ गते अं. ७:४५ बजेको समयमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहा र लागुऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निम्न स्थान बसने निम्न मानिसहरु जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २३ बस्ने अं. बर्ष ३६ को बिजय कुमार साहले लगाएको पाईंन्टको खल्तीबाट

खैरो हिरोईन जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित १६.३७ ग्राम. प्लाष्टिक बाहेक १५ ग्राम र सोही स्थान बस्ने अं, वर्षं १ सुरेन्द्र कुमार दासले मुख भित्र लुकाई राखेको खैरो हिरोईन जस्तो बेखिने पदार्थ तौल गर्दा प्लाप्टिक सहित ३.४३ ग्राम र प्लाष्टिक बाहेक १.५ ग्राम गरि जम्मा २२.१० ग्राम लागुऔषध सहित निजहरुलाई पक्राउ गर्ी इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।
