सिरहामा कटुवा पेस्तोल सहित दुइजना पक्राउ

९ गते बैशाख मंगलवार लहान। जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं १ स्थितमा प्रहरी चौकी कचनारी सिरहाबाट खटीएको चेकीङ टोलिले चेकिंङ गर्ने क्रममा मिति २०८२ बैशाख ८ गते अं. २  बजेको समयमा नर्गी चौकबाट भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको चेसिस नम्बर MBLHA1 1 AEE9B23324 भएको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर २ कमलपुर बस्ने धर्मेन्द्र सिंहको छोरा अं. बर्ष १९ को राजिव सिंह र सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ बस्ने फुलेश्वर सिंहको छोरा अं.बर्ष १९ को प्रिस सिंहको कम्मरमा भिरेको सानो कटुवा पेस्तोल थान -(१) एक र निजले लगाएको ट्र्याकको गोजीबाट गोली थान – (१) एक फेला पारेकोले पेस्तोल , गोली र मोटरसाईकल सहित दुबै जना मानिसहरुलाई नियत्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहामा ल्याई मिति २०८२ बैशाख ९ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन पाँचको म्याद थप गरी अनुसनधान भईरहेको जिप्रका सिरहाले जनाएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ