सिरहामा गोलि प्रहार गरि लागू औषध खैरोहिरोइन सहित भारतिय नागरिक पक्राउ ।

११ साउन लहान । भारतीय बजारबाट नेपाल तर्फ लागूऔषध लिएर केही व्यक्तिहरु आईरहेको सूचना पाएपछि प्रहरीले सीमावर्ती नवराजपुर गाउँपालिका-४ मा एक प्वाइन्ट बनाएर बसे ।

टोलीमा ईलाका प्रहरी कार्यालय झाझपटीका प्रहरी नायव निरिक्षक रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी सहायक निरिक्षक शिव मैनाली र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको टोली थियो ।

करिब ४ बजेतिर भारतबाट नेपाल तर्फ आउँदै गरेको बीआर ३२ एम ७३३८ को मोटरसाइकलमा सवार व्यक्तिलाई प्रहरीले रोक्न खोजे । उनले भाग्न खोजेपछि प्रहरीले टाईप ७७ पेस्तोलबाट एक राउन्ड गोली फायर गरेर उनलाई नियन्त्रणमा लियो ।

प्रहरीले पक्राउ गरेका लागूऔषध कारोबारी भारत मधुवनी ग्रामपन्चायत विरपुर-९ का ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन् ।

पासवानको साथबाट खैरो हिरोइन अन्दाजी ५० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले जानकारी गराए । निजलाई मोटरसाइकल,  लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इप्रका महेशपुरपतार पठाइएको उनले बताए । घटनास्थलमा थप खान तलासी भईरहेको उनले सुनाए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *