सिरहामा लागुऔषध खैरोहिरोइन सहित तिनजना पक्राउ



६ भाद्र लहान। जिल्ला सिरहा विष्णपुर गाउँपालिका वडा नं १ स्थित मिति २०८२ भाद्र ०४ गते अन्दाजी १२:१५ बजेको समयमा चौहर्वा तर्फ आउदै गरेको यात्री बाहक प्र.२-०१-००१ज ००४३ न.को. विङ्गर गाडी सवार यात्री सङ्ग लागुऔषध खैरो हिरोइन छ भनि गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिष्णपुरबाट प्रहरी टोली खटी कार्यालय अगाडि उक्त विङ्गर गाडी रोकी विङ्गरमा सवार रहेको यात्री र झोला पोका गाडी समेत चेकजाँच गर्दा सोही गाडीमा सवार यात्री जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ बस्ने अन्दाजी बर्ष ३८ को दिनेश सुनारले लगाएको पाइन्टको दाहिने खल्तीबाट साना साना २ प्लाष्टिक पोका रहेको खैरो हिरोइन जस्तो देखिने प्लाष्टिक सहितको तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागूऔषध फेला पारेकोले लागुऔषध सहित निजसंगै रहेको ऐऐ बस्ने अन्दाजी बर्ष २९ को विशाल गोले र ऐ.ऐ. बस्ने अन्दाजी बर्ष ३८ को ईन्द्र सुनार समेत तिनै जनालाई नियनत्रणमा लिई मिति २०८२ भाद्र ०४ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी दिन ४ (चार) को म्याद लिई थप अनुसन्धान कार्य भइहेको जिप्रका सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जनाएको छ।

