सिरहामा १८ एम्पुल इन्जेक्सन सहित तिनजाना पक्राउ ।



४ कार्तिक लहान । जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं.२ पेट्रोल पम्प स्थित मिति २०८२ कार्तिक ०३ गते अं ५ बजेको समयमा इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्नेंक्रममा भारतबाट नेपालतर्फ आउदै गरेको निम्न स्थान बस्ने निम्न मानिसहसलाई शंकाको आधारमा चेकजाच गर्दा


जिल्ला सिरहा सुखिपुर नगरपालिका -१० बस्ने बर्ष २१ को संगित कुमार सदाय ऐऐ बस्ने बर्ष २० को राम रीझन शर्माको साथबाट डाइजेपाम ५ एम्पुल ,फेनारगन ५ एम्पुल र ट्राल्जेसिस ५ एम्पुल त्यसै गरि ऐ वडा-६ बस्ने बर्ष १९ को सरोज कुमार रामको साथबाट इजेपम्प १ एम्पुल फेनार्गन १ एम्पुल र ट्रालजेसिस एक एम्पुल सहित लागुऔषध फेला परेकोले रीतपर्वक बरामद गरी निज मानिसहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

