सिरहा प्रहरीको फेरि ठूलो सफलता ,२ क्विन्टल लागू औषध गाजा सहित एकजना पक्राउ


२९ गते असार लहान।जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ५ मलाह टोल स्थितमा सवारीबाट लागुऔषध (गाँजा) ओसार पसार भईरहेको छ भनि गोप्य सुचनाको आधारमा मिति २०८२ असार २७ गते अन्दाजी १०: ३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरही सिरहाबाट खटिएको संयुक्त टोलीलाई देख्न साथ उक्त सवारीमा लोड गरेको लागुऔषध (गाँजा) ७ पोका तौल गर्दा २ कविंटल १२ किलो ९२५ ग्राम र सिरहा औरही गाउँपालिका वडा नं. ५ मलाह टोल बस्ने बर्ष २३ को राम उदगार मलाह र सोहि स्थानमा रहेको प्र २-०१-००३ प २१५४ नं. को मोटरसाईकल सहित निज राम उदगार मलाहलाई नियन्त्रणमा लिईं जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई मिति २०८२ असार २९ गते सम्मानित सिरहा जिल्ला अदालतबाट २०८२ असार २७ गते देख लागु हुने गरी ५ दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाले जनाएको छ ।
