स्रोत नखुलेको बीस लाख पचास हजार भारतिय पैसा सहित मानिस कपिलवस्तु बाट पक्राउ
तराई फिलिक्स सम्बादाता
अजय मिश्र ,कपिलवस्तु, कार्तिक ६
कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो।
सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको UP45AS6663 र UP42DT5721 नं.का भाडाका गाडिहरु चेकजाँच गर्दा UP45AS6663 नं.को गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भा.रु.८,००,०००।- आठ लाख रहेको थियो।
अर्को UP42DT5721 नं.को भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भा.रु.१२,५०,०००।- बारा लाख पचास हजार बरामद गरिएको थियो।
जम्मा भारतीय रुपयां २०,५०,०००।- (बिस लाख पचास हजार) फेला परेको निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक माेहनमणी अधिकारीले जानकारी दिएका छन्।
लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com