हिमालयन विद्या निकेतन स्कुल लहानमा ‘CULTURAL DRESS & FOOD FESTIVAL’ सम्पन्न

२१ मंसिर लहान । हिमालयन विद्या निकेतन स्कुल लहानले यस वर्ष भव्य रूपमा आयोजना गरेको “Cultural Dress & Food Festival” सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना गरिएको उक्त कार्यक्रमले विविध जातजाति, भाषा, संस्कृति तथा परम्पराहरूलाई एकै मञ्चमा प्रस्तुत गर्दै नेपालमा विद्यमान सांस्कृतिक समृद्धि र विविधता प्रदर्शन गरेको थियो।

कार्यक्रममा छात्र–छात्राहरूले देशभरका विभिन्न समुदायका परिधन—जस्तै मैथिली, थारू, नेपाली ,मधेसी तथा पहाडी भेषभूषा—आकर्षक रूपमा प्रदर्शित गरे। परिधान प्रस्तुति क्रममा विद्यार्थीहरूले आफ्नो समुदायका सांस्कृतिक पहिचान, ऐतिहासिक पृष्ठभूमि तथा विशेषता समेत दर्शकहरूलाई जानकारी गराएका थिए। अभिभावक, शिक्षक तथा स्थानीय समुदायले विद्यार्थीको आत्मविश्वासपूर्ण प्रस्तुति हेरेर प्रशंसा गरेका छन्।

यस्तै, फुड फेस्टिभल कार्यक्रम अन्तर्गत विद्यार्थी तथा अभिभावकले विभिन्न स्थानीय तथा राष्ट्रिय परिकारहरूको स्टलहरू राखेका थिए। बिरयानी, बगिया, प्लाउ ,घोङ्गही, सेलरोटि, चिउरा–दही, चना ,मोमोजस्ता परिकारले बजारको माहोल झैँ आकर्षण पैदा गरेको थियो। सहभागीहरूले भोजनसँगै त्यसको इतिहास, बनाउने तरिका तथा सांस्कृतिक महत्वसम्बन्धी जानकारी पनि साझा गरे।

विद्यालयका प्रिन्सिपल तथा कार्यक्रम संयोजकले विद्यार्थीमा सांस्कृतिक चेतना, सामाजिक सद्भाव र बहुसांस्कृतिक सम्मान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। वक्ताहरूले यस्ता क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकास, प्रस्तुति कौशल तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

सांस्कृतिक कार्यक्रममा सबै जातजातिका नृत्य, परिधान प्रदर्शन र स्वादिष्ट परिकारसँग भरिएको उक्त Cultural Dress & Food Festival ले विद्यालय मात्र होइन, लहानको सामाजिक–सांस्कृतिक वातावरणमै खुसी र उत्साहको रौनक थपेको थियो।
