२५ हजार ट्रमाडोल लागूऔषध  सहित ३ जना भारतीय नागरिकहरु पक्राउ ।

१२ गते असार।  प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित मिति २०८२।०३।११ गते अं.०६:०० बजेको समयमा पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाण्डौतर्फ जान आउँदै गरेको BR 01 AW 1404  नं. को भारतीय कारलाई रोकी कार चालक देश भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडिया बस्ने वर्ष २६ को उपेन्द्र यादव, सोही कारमा सवार भई आएका ऐ.ऐ. बस्ने वर्ष २२ को संजित कुमार यादव र ऐ.ऐ. बस्ने वर्ष ३५ को सिकिन्दर महतोलाई शंका लागी रितपुर्वक शरीर तथा कार समेतको खानतलासी गर्ने क्रममा कारको सिटमुनी र पछाडीको डिकी भित्र फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागूऔषध Tramadol २५,४५५ क्यापसुल र ONEREX-100ml को १२० बोतल फेला परेको हुँदा उक्त लागूऔषध तथा सवारी साधन बरामद गरी निजहरु उपेन्द्र यादव, संजित कुमार यादव र सिकिन्दर महतोलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत मकवानपुर हेटौडाबाट लागूऔषध कसुर मुद्धामा ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *