८५ बर्षिय यादबको हत्या काण्डको आरोपित  दुइजना पक्राउ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३० साउन लहान । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जना चौधरी र मण्डललाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् ।
उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । 

फनिलाल यादवको यही साउन १४ गते हत्या भएको थियो । उनी घरमा एक जना भान्सेको सहयोगमा बस्दै आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट खुकुरी र एकजोर चप्पल बरामद गरेको थियो । 

प्रहरीका अनुसार, घटनापछि अनुसन्धान सुरु गरिएको र घटनास्थल नजिकैको सिसीटिभी फुटेज तथा छुटेको चप्पलको आधारमा साउन २३ गते प्रशान्त मण्डललाई पक्राउ गरिएको हो । मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरी पक्राउ परेका थिए ।

हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले गरिरहेको छ । जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थपगरी अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ । 


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ