Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साढे सात लाख रुपैयासहित भगवानपुरका हुण्डी कारोबारी साह पक्राउ

११ आश्विन लहान –सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाले सिरहाको भगवानपुरबाट ठूलो मात्रामा नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साह रहेका छन् । लोकहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गरेको अवस्थामा उनलाई चेकजाँच गर्दा नगद सात लाख ५० हजार रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।


बरामद रकममध्ये एक हजार दरका ४७९ थान र पाँच सय दरका ५४२ थान नोट रहेको प्रहरीको भनाइ छ । उक्त रकम स्रोत नखुलेको र हुण्डी कारोबारमै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले दाबी गरेको छ ।


पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *