लहान नगरपालिकाले १६ औं नगर सभामा आगामी आ.व.०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट प्रस्तुत

लहान, ७ असार । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट १६औँ नगरसभाबाट सार्वजनिक गरेको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार रुपैयाँ अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन् । यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख रुपैयाँ, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख रुपैयाँ, कृषितर्फ आठ करोड ६६ लाख रुपैयाँ र पूर्वाधारतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।


नगरपालिकाको आन्तरिक आय २५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए ।


नगरपालिकाको आव २०८२।८३ को निति तथा कार्यक्रम वडा नं. २४ का वडा अध्यक्ष रासलाल रायले प्रस्तुत गरेको थियो । प्रस्तुत निति तथा कार्यक्रममा पुर्वाधार एवम् सहरी विकास, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य, कृषि तथा सिचाई, पशु विकास, महिला बालबालिका तथा ज्येष्ट नागरिक, प्रधानमन्त्रि रोजगार, खानेपानी, सरसफाइ तथा स्वच्छता, आपागं, श्रम तथा उद्योग, सहकारी, सामाजिक विकास, विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन, सुचना, सञ्चार र प्रविधि, पर्यटन क्षेत्र विकास, भु उपयोग र नगर विकासका बारेमा विभिन्न खाले कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।


उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा थप तथा नवीनतम कार्यहरु गर्ने लक्ष्य राखी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *