वोर्ल्ड भिजन नेपाल द्वारा लहानमा रक्तदान कार्यक्रम सम्पन्न।

लहान २१ माघ । लहानमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो, रक्तदान महादान, रक्तदान जिवन दान भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम उदघाटन समारोहमा लहान नगरपालिकाका नगर प्रमख महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार अहिलेको अवस्थामा रगतको अति नै अभाब देखिन्छ र रगत समयमा नपाई बिरामीको अकाल मै मृत्यु हुने खबरहरु बारम्बार सुन्ने सुन्ने गरिन्छ । त्यसकारण सम्पूर्ण युवा पिढिलाई रक्तदान गर्न आग्रह गर्दछु । हाम्रो एक थोपा रगतले कसैको ज्यान जोगिन सक्छ भने त्यो भन्दा पुन्य अरु केही हुन सक्दैन ।

कार्यक्रममा लहान नगरपालिका ८ का वडा अध्यक्ष राम अवतार शर्मा, नेपाल रेडक्रस सोसाइटी शाखा लहान सिरहाका प्रमुख प्रदिप कुमार यादव लगायत अन्य बुद्धिजिवी तथा समाजसेविहरुको अपस्थित हरेको थियो । कार्यक्रम अन्तर्गत १ महिला र १४ पुरुष गरि जम्मा १५ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी लहान सिरहाका प्रविधिक सहयोग र वल्र्ड भिजन नेपाल लहान २ सिरहाको आयोजनामा कार्यक्रम सम्पन्न भएको सोसाइटीका प्रमुख यादवले बताए ।
