तेस्रो सुरुङा मेयर गोल्ड कपको  उदघाटन खेल सम्पन्न ।

प्रमोद थारु माघ २४ सप्तरी
स्पोर्ट्स ऐकेडमि कुशहा सप्तरीको आयोजना सुरुङा नगरपालिकाको मुख्य प्रायोजनमा तेस्रो सुरुङा मेयर गोल्ड कपको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद अध्यक्ष रोशन चौधरीको अध्यक्षतामा भएको उद्घाटन खेलमा प्रमुख अतिथी  सुरुङा नगरपालिकाकि  प्रमुख गिता चौधरी रहेका छ्न।


नगर उपप्रमुख रुद्र बहादुर कार्कीका बिशिस्ट अतिथ्य रहेका उक्त खेलमा विशिष्ट अतिथि सुरुङा न पा का पुर्ब नगर प्रमुख मुक्ती चौधरी,नगर प्रबक्ता शिव दर्शन पासमान वडा ५ का अध्यक्ष दिलाराम चौधरी, वडा ८ का अध्यक्ष श्याम साह, वडा ७ का वाडा अध्यक्ष शिव नारायण चौधरी,था क स केन्द्रिय सदस्य शिव नारायण चौधरी(शिबा थारु) समाज सेबि खडक नारायण चौधरी नेपाली काङ्ग्रेसका युवा नेता दिनेश यादब,नगर प्रमुखका स्वकीय सचिब चन्द्रभुषन चौधरी

,गोर्खा बुर्वरी प्रा लि हातीसार काठमाडौ (गोर्खा बियर)ऐरिया म्यानेजर के बि कार्की, बुधीजिबि युबराज चौधरी पुर्ब शिक्षक नर्सिङ चौधरी,युवा बुधिजिबी उपेन्द्र कुमार चौधरी, ऐन ऐम बि का प्रतिनिधि रबिन्द्र चौधरी, तराई फिलिक्सका संचालक चन्द्रु चौधरी, सिराहा टाइमसका मो रहमुज रेडियो सरगमका सन्स्थापक अध्यक्ष फिरोज शेख ससत्र प्रहरी बल बेश क्याम्प कुशाहाका प्रमुख इलाका प्राहरी कार्यालय कडरबोनाका प्रमुख लगायतका अतिथीहरुको उपस्तिथि रहेको थियो

गोर्खा बुर्बरीका सह प्रायोजन रहेका सुरुङा मेयर गोल्डकपको प्रथम रासी रु ११०००० र दोस्रो रासी रु ७५००० राखिऐको छ। आज भएको खेलमा स्पोर्ट्स ऐकेडमि  कुशाहा सप्तरी र बर्दीबास महोत्तरी बिच खेल भएको थियो।खेल ३५/३५ मिनेट रहेको थियो खेलको मुख्य रेफ्री मोहन चौधरी रहेको छ। खेलको २१ मिनेटमा बर्दीबास महोत्तरीले १ गोल गरि अग्रता लिएको थियो मध्यान्तरको ५ मिनेट अगाडि स्पोर्ट्स ऐकेडमी कुशहाले गोल फर्काइ दुबै टिम बराबर भएको थियो।


मध्यान्तर पछि पुन बर्दिबासले १ गोल गरि २ गोल गर्न सफल भएको थियो।खेल समय अबधि समयमा स्पोर्ट्स ऐकेडमीले दोस्रो  गोल फर्काउन सकेन। बर्दिबास महोत्तरी १ को विरुद्ध २ गोलले बिजय भएको छ।

आजको खेलमा बर्दीबासका जर्सी न:- १३ का प्रदीप मगर म्यन अफ दि म्याच घोसित भऐको छ। कार्यक्रमको सन्चालन महेश चौधरीले गर्नु भएको थियो।भोलीको खेल सिराहाको गोलबजार र मलिथम उदयपुर बिच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ