अमिल्टारमा निर्माणधीन रुद्र गणेश मन्दिर अवलोकन—धार्मिक पर्यटन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम


३१ आसार लहान — धनगढीमाई नगरपालिका–१४ अमिल्टारमा निर्माणधीन रुद्र गणेश मन्दिरको स्थानीय जनप्रतिनिधि, बौद्धिक वर्ग र धार्मिक श्रद्धालुहरूले संयुक्त रूपमा अवलोकन गरी उत्साह र खुशी समेत व्यक्त गरेका छन्। मन्दिर निर्माण कार्य तीव्र गतिमा बढाउने पहिलो हाथ नेपाल पत्रकार महासंघ सिरहा शाखाका सक्रिय सदस्य बिनोद मण्डलको अगुवाईमा सुरु गरिएको यो धार्मिक कार्यले गाउँकै मात्र होइन, आसपासका क्षेत्रहरूमा पनि सकारात्मक चर्चा पाउन थालेको छ।

यसले आगामी दिनमा धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा धार्मिक चेतना अभिवृद्धिसँगै सामाजिक एकता कायम गर्न मन्दिरको निर्माणलाई महत्वपूर्ण मानिएको छ। मन्दिर परिसरमा बस्ने चौतारा समेत निर्माणको तयारीमा रहेको जनाइएको छ।

पूर्व–पश्चिम राजमार्ग देखि उत्तर अति विकट क्षेत्र मानिने सर्रे अमवास जाने बाटो भन्दा अलिक माथि रहेको अमिलटारमा यो मन्दिर निर्माणको थालनी भएको हो। दुर्गम क्षेत्र भएकाले यहाँ पूर्वाधार विकास सुस्त भएको भए पनि धार्मिक तथा सांस्कृतिक जागरण ल्याउने उद्देश्यले स्थानीय स्तरबाट पत्रकार बिनोद मण्डलले पहल सुरु गरिएको जनाइएको छ।

स्थानीय युवा तथा बृद्धबृद्धाको समेत सहकार्यमा निर्माण कार्य अघि बढाइएको हो।”
धनगढीमाई नगरपालिका–१४ का स्थानीयबासी र श्रद्धालुहरूका अनुसार मन्दिरको निर्माण सम्पन्न भएसँगै यहाँ हरेक वर्ष विभिन्न धार्मिक पर्वहरू आयोजना गरिने योजना रहेको छ। विशेषगरी गणेश चतुर्थी, तीज, दशैं र अन्य चाडपर्वमा मेला र पूजाआजाको कार्यक्रम सञ्चालन गरिनेछ। मन्दिर निर्माण कार्य अहिले पनि सक्रिय रूपमा जारी रहेको छ। आवश्यक आर्थिक स्रोत जुटाउन पत्रकार मण्डलले सहयोग सङ्कलन अभियान पनि चलाएका छन्। हालसम्म मन्दिरको जग र आधार निर्माण भइसकेको र निकट भविष्यमै शिखर निर्माण कार्य अघि बढाइने जानकारी दिइएको छ।

धार्मिक स्थलले मात्र नभई अमिलटार जस्तो दुर्गम बस्तीमा विकासको नयाँ आशा र ऊर्जा थप्ने विश्वास पत्रकार मण्डलले व्यक्त गरेका छन्। पत्रकार मण्डल लगायत स्थानीय राजनीतिक दल, समाजसेवी तथा धार्मिक संघ–संस्थाले पनि स्वागत गरेका छन्।