जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वलिदानी दिवसमा शहीदहरूको सालिकमा माल्यार्पण गर्दै

तराई फिलिक्स सम्बादाता
माघ ५ गते शनिबार


    लहान ।जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले तथा जसपाका नेतागणहरु द्वारा सिरहा लहानका शहीद रमेश महतोसहित अन्य शहीदहरूको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

माल्यार्पन कार्यक्रममा सहभागी वक्ताहरूले रमेश महतोको बलिदानले मधेश आन्दोलनलाई नयाँ दिशा दिएको र संघीयता, पहिचान तथा समान अधिकारको अभियानलाई अझ मजबुत बनाएको स्मरण गरेका थिए।
बलिदानी दिवसले शहीदहरूको योगदानको सम्मान गर्दै भविष्यमा समतामूलक समाज निर्माणका लागि निरन्तर संघर्षको प्रेरणा दिने अपेक्षा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ