जसपा नेपाल सिरहामा क्षेत्रीय समन्वय समिति गठन

रहमुल सिरहा, २७ मंसिर जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला कमिटीद्वारा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समन्वय समिति गठन गरिएको छ। जिल्ला कमिटीको आयोजनामा सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेशसभा निर्वाचन क्षेत्र १(क) र १(ख) का लागि समन्वय समिति गठन गरेको हो।


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि वेचन प्रसाद यादवको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा रास लाल राय, सचिवमा रामु महतो तथा सदस्यहरूमा राम कुमार यादव र कपलेश्वर यादव चयन भएका छन्।


त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(क) का लागि शुभकलाल यादव संयोजक चयन भएका छन्। सह–संयोजकमा विनोद कुमार गुप्ता, सचिवमा योगेन्द्र मेहता तथा सदस्यहरूमा गुलाब कुमारी महतो र वलदेव महतो रहेका छन्।


यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(ख) का लागि अनिरुद्ध कुमार मण्डल संयोजक नियुक्त भएका छन्। समितिको सह–संयोजकमा शिवनारायण महतो, सचिवमा कविता कुमारी यादव तथा सदस्यहरूमा रामनारायण मुखिया र सनता पण्डित चयन भएका छन्।

जसपा नेपाल सिरहा जिल्ला कमिटीले नवनिर्वाचित संयोजकसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा समितिहरूले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
