जिल्ला कारागार सिरहा भित्र सर्च गर्दा कारवाहीमा हतियार बरामद ,कैदीबन्दी द्वारा आगो बाली विरोध प्रदर्शन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२६ माघ लहान। कारागार कार्यालय सिरहामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरू कार्यालयको कम्पाउण्डमा भेला जम्मा भई कैदीबन्दीहरूलाई गुटबन्दि गरेको आरोपमा आँखामा पट्टी र हात बाँधी १० जना कैदीबन्दी हरुलाई घरेलु हात हतियारले कुटपिट गरी कारागार कोठाको भित्रबाट बाहिर निकाली गेटमा ताल्चा लगाई हो-हल्ला नाराबाजि गरी रहेको हो भन्ने मिति २०८ २ माघ २५ गते अं.६:०० बजेको समयमा सुचना प्राप्त हुनसाथ तत्कालै नन्दा बक्स गण सिरहाबाट नेपाली सेनाको जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हात तथा आँखा बाँधिएका १९ जना कैदीबन्दिहरलाई उद्धार गरी यस कार्यालयको हिरासतमा सुरक्षित राखएको, सो बिषयमा अनुसन्धान गर्दै जाँदा

कारागार भित्र हातहतियार लुकाई छिपाई राखेको भन्ने खुल्न आएकोमा मिति२०८२ माघ २६ गते बिहान नेपाली सेनाको सहयोगमा जिल्ला स्थित रहेका अन्य सुरक्षा फौजहरु समेतको सुरक्षा टोली र तालक मधेश प्रदेश कार्यालयबाट खटी आएको Dog Sniffing सहितको टोली खटी गईं सो कारागारलाई नियत्रणमा लिई कानून बमोजिम कारागारको  खानतलासी गर्दा कारागार भित्र पुर्वपट्टी रहेको जिम हल भित्र पुरानो ब्ल्याडकेटमा लुकाई छिपाई राखएको कटुवा पेस्तोल थान एक ७.६२ लेखेको लाइभ राउण्ड थान २ र बिभिन्न घरेलु हातहतियार समेत फेला परेकोमा कानूनी प्रकृया पुरा गरी सो हातहतियार बरामद गरी कारागार भित्र रहेका ईन्द्रजित यादव सहितका १३जना कैदीबन्दी हरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक कारवाही एवं थप अनुसन्धान कार्य भई रहेको जिप्रका सिरहाले जनाएको छ।


साथै ईन्द्रजित यादव सहितका १३जना कैदीबन्दी हरुलाई नियन्त्रणमा लिदा चौकिदार यादबको पक्षमा रहेका कैदिबन्दी हरु द्वारा कारागार भित्रै आगो बाली विरोध प्रदर्शनमा उत्रिएका स्रोतले जानकारी दिएका छन् ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ