डाका र संगठित अपराध मुद्दाका प्रतिवादी ४ साल पछि पक्राउ

१२ असार लहान ।जिल्ला उदयपर, त्रियुगा नगरपालिका वडा नं. १२ बस्ने बर्ष २० को सूजन विक भन्ने सृजेन्द्र लोहनी समेत भएको डाँका र संगठित अपराधमा चालु मुद्दामा वारदात पश्चात देश भारत गईं लुकिछिपी बस्ने गरेकोमा निज प्रतिवादी सिरहा खैरटोका बोर्डरमा आएको छ भने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको विशेष प्रहरी टोलिले निज सुजन विक भन्ने सुजेन्द्र लोहनी लाई मिति २०८२ असार १२ गते अन्दाजी ०१:०० बजेको समयमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ खैरटोका स्थितबाट ‘लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरिएको

घटना सम्बन्धी छोटकरी विबरण यश प्रकार रहेको छ।
मिति २०७९ फाल्गुन १० गते अन्दाजी १४:४५ बजेको समयमा जिल्ला सिराहा मिचैया नगरपालिका वडा नं. २ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आइएमई बैंक शाखा कार्यालय कल्याणपुरमा काम ग्नेकर्मचारीले ज.६ प.८१८५ नं को मोटरसाईकल चलाई मिचैयाको प्लोबल आइएमई बैकबाट नगद रुपैया ९,००,०००|- (नौ लाख) रकम निकाली कालो व्यागमा हाली पछाडी ढाँडमा बोकी ग्लोबल आइएमई बैक शाखा कार्यालय कल्याणपुरतर्फ लिएर आउन क्रममा सोही मोटरसाईकलमा सवार सुरक्षार्थ इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान निकेश खवासले हतियार सहित आउदै गर्दा प्रतिवादी सुजन विक भन्ने सुजेन्द्र लोहनी समेतले बताहा पुल स्थित नम्बर नखुलेको यामहा कम्पनीको निलो रंगको MT’ मोटरसाईकल र रातो रंगको नम्बर नखुलेको TVS कम्पनीको अपाचे मोटरसाईकलमा आएको ४ जना मानिस्हरुले उक्त कर्मचारी र चालक प्रहरी जवान नितेश खवासलाई हतियार देखाई कुटपिट गरी रु.९,००,०००|-(नौ लाख) नगद रुपैयाँ बोकी राखेको झोला समेत लुटी डाँका गरी भागी फरार भएको जिप्रका सिरहाका प्रवक्ता डिएसपि बिरेन्द्र कुमार पासवानले जनकारी दिएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *