डाक्नेश्वरी मन्दिरमा पूजाआजा गर्दै उपेन्द्र यादवद्वारा चुनावी अभियानको सुरुआत

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी चुनावी अभियानलाई अगाडि बढाएका छ्न् ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेका हुन् । पार्टीका नेताहरू रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेछु साह, पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायतका नेता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्श्नन गर्नुका साथै लोकआस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी लिएका छन् ।

पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग भेंटघाट गर्ने कार्यलाई अगाडि बढाइएको पार्टीका नेता शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न जनता निक्कै उत्साहित भएका छन् । आफूहरूको क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग दुखेसो पोखेका छन् ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ