थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

४ साउन बाँके , नेपालगञ्ज – थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ ।

बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा मा पछि पार्दै बिश्व च्याम्पियन बनेका छ्न । उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छ्न । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राखेका छ्न ।

करण वाडिया सङै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज ७ डिएसपी रोड का मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल भएका छन । साथै ७६ किलो तौलमा पुरुषतर्फ नेपालगन्ज २ घरवारीटोल का सन्तोष काजी शाक्यले सिलवर मेडल  जितेका छन्

प्रतियोगिता बाँकेबाट ३ जना खेलाडी र अन्य जिल्ला बाट ६ जाना खेलाडी गरी नेपालबाट ९ जाना खेलाडी प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपालबाट गएको टिमले ७ वटा गोल्ड मेडल , ५ वटा सिलवर मेडल र ब्राउन्च मेडल २ वटा गरी १४ वटा  मेडल प्राप्त गरेको विजेता बाडियाले बताए । टिम ईभेन्ट मा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएका छ ।

वाडिया एक्स्ट्रिम फिटनेस नेपालगंज प्रा.ली को सदस्य समेत रहेका छ्न । वाडियाले यस अघि २०८१ सालमा कजाकिस्तानमा भएकाे ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ मा नेपाल बाट स्वर्ण पदक जित्ने खेलाड़ी बनेका थिए । विश्वका ख्याती प्राप्त खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेर आफ्नो देशको र जिल्लाको सम्मान बढाएका हुन ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *