धनगढीमाई १३ को ढुंगाना टोल देखि सर्रे अम्वास सडक कालोपत्रे हुदै,स्थानिय वासि खुशिले गदगद।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रु चौधरी लहान, २१ जेठ । धनगडीमाई १३ को ढुंगाना टोल देखि सर्रे अम्वास सम्म सडक कालोपत्रे कार्य धमाधम भई रहेको छ ।
साह, मकालु र जय भवानी कन्ट्रक्सन कम्पनी मध्ये सवभ्न्दा बढी भुमिका साह निर्माण सेवाको रहेको साईड ईन्जिनियर टेकनाथ महताले बताए ।
२० कारोडको लागतमा निर्माण हुन लागेको उत्त सडक ६.६ किलोमिटर लम्वाई निर्माण हुनेछ । सडकको सोल्डर दवै साई डेढ वाई डेढ,स्फाक पिच ७ मिटर र मोटाई ४ से मि मा तयार हुने डिभिजन सडक कार्यालय लहानले बताए ।
डिभिजन सडक कार्यालय लहानले निर्माण गर्न लागेको कार्य पोर साल नै बन्ने बाला थियो तर बजेटको अभाव तथा कमसल समाग्री प्रयोग भएको भन्दै स्थानियहरुले काम रोकेको कारण निर्माण हुन सकेन तर समाग्री चेकजाँचको क्रममा यसमा कुनै पनि किसिमको सत्यता नभेटिए पछि काम पुनः सुचारु भएको ईन्विनियर महतोले बताए । 
अब सडक निर्माण कार्य हुन लागे पछि स्थानियहरु खुशि भएका छन । वडा १३ का वडा अध्यक्ष सुर्यमान तामांगका अनुसार यो सडक निर्माणका लागी धेरै नै मिहिनेत गर्नु परको बताए तर मिहिनेत गरे पनि सडक निर्माण भए पछि यहाँका जनतालाई सुविधा हुन्छ त्यसमा नै हामी संतुष्ट छौ ।


चैत्र मसान्त मै ठेक्काको म्याद सकिए पनि फेरि म्याद थप गरी भदौ सम्ममा काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।  भदौ सम्ममा ६.६ कि मि सडक निर्माण तथा रंगरोगन सहित गरि स्थानिय सरकारलाई जिम्मा दिने गरी कार्य भई रहेको तथा कालोपत्रे सडकमा भिजि ३० अलकत्रा प्रयोग भई रहेको छ । यसको विस्तृत ईष्टिमेटको लागी सडक कार्यलयले नै जवाफ दिने ईन्जिनियर महतोले बताए ।
आजको मितिसम्म १ किमि सडक निर्माण भई सकेको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ