प्रहरी द्वारा दुई राउन्ड हवाइ फाइर गरेर लागुऔषध खैरोहिरोइन सहित दुइजनालाई पक्राउ गरेको



१९ श्रावण । जिल्ला सप्तरी छिन्नमस्ता गा.पा. वडा नं १ बरहिबिरपुर स्थित मिति २०८२ साउन १८ गते अन्दाजी ११:३० वजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक उदय कुमार राई र लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौँंबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा स. ८ प ८२२५ नं.को मोटरसाईकललाई चेकजाँच गर्न रोक्न खोज्दा उक्त मोटरसाईकल प्रहरीलाई देख्ना साथ भाग्ने क्रममा निजहरुलाई नियत्रणमा लिनको लागी प्रहरीद्धारा चाईनिज पेस्तोलबाट २ राउण्ड हवाई फाईरिड गरी जिल्ला सप्तरी छिन्नमस्ता गा.पा.वडा नं.१ बरहिबिरपुर बस्ने बर्ष २९ को बिशाल राय र जिल्ला सप्तरी डाक्नेश्बरी न.पा.वडा नं.७ मझौरा बस्ने बर्ष ३९ को मनोज रायलाई नियन्त्रणमा लिई निजहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ १७७ ग्राम. २ थान मोवाईल र १ थान मोटरसाईकल समेत बरामद गरी निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप अनुसन्धान भईरहेको जिप्रका सप्तरीले जनाएको छ।

