भारीमात्रामा लागुऔषध ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ ।

१२ गते असार लहान । जिल्ला सिरहा, भगवानपुर गाउँपालिका वडा नं ०४ ठाडी बजार स्थित मिति २०८२ असार ११ गते अन्दाजी २ :२ ० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यलाय लहान सिरहा र प्रहरी चौकी ठाडी सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको निम्न मोटरसाईकलमा सवार निम्न व्यक्तिहरु देश भारत बिहार राज्य मधुबनी जिल्ला ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने बर्ष ४० को राम नारायण साह BR 32 AD 6993 को मोटरसाईकलमा सवार रहेको चालक ।


देश भारत राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही बस्ने बर्ष २७ को राजन बाब् साह BR32AK 6301 नम्बरको मोटरसाईकलमा सवार रहेको चालक लाई खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक नापतौल गर्दा निजको साथबाट लागुऔषध ४० ग्राम ब्राउन सूगर जस्तो देखििने पदार्थ प्लाष्टिक बाहेक  फेला पारी रीतपर्वक बरामद गरी दुवै मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई मिति २०८२ आसार १२ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले जनकारी दिएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *