लहान नगरपालिकाको १७ औँ नगरसभा सफलतापूर्वक सम्पन्न।


२९ पुस लहान । लहान नगरपालिका सिरहाको १७ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरप्रमुखको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरविकास, सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो।
नगरसभामा बोल्दै नगरप्रमुखले लहान नगरपालिकालाई समृद्ध, स्वच्छ र व्यवस्थित सहर बनाउने लक्ष्यसहित जनमैत्री कार्यक्रमहरू कार्यान्वयन गरिने बताए। उनले नगर विकासमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नागरिकको सुझाव र सहभागिताबाट मात्र दिगो विकास सम्भव हुने धारणा राखे।

कार्यक्रममा प्रमुख अतिथी जग्गा दाता मुरारी मुरारका,पवन साराडा,विशिष्ट अतिथी ,अतिथी ,२४ वटा वडाध्यक्ष, वडाध्यक्ष, नगरसभा सदस्य, कर्मचारी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू तथा नगरसभा सदस्यहरूले पनि आ–आफ्नो धारणा राख्दै नगरको समग्र विकासमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए। सोही अवसरमा लहान नगरपालिकाको सामाजिक तथा मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याउने दाता परिवारहरूलाई विशेष सम्मान गरिएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक कार्यमा सहयोग पुर्याएका दाता परिवारको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो। सम्मानित दाता परिवारप्रति नगरसभाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जनाएको छ।

नगरसभाको अन्त्यमा व्यक्ताहरूले नगरपालिकाको विकास र समृद्धिका लागि साझा लक्ष्यसहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।


