लहान नगरपालिकामा विगत ३ वर्षमा भएका कार्यहरु पत्रकार सम्मेलन गरि नगरपालिकाको तर्फबाट मेयर महेश चौधरी द्वारा सार्वजनिक ।

लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, धार्मिक, सांस्कृतिक, खेलकुद र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नगरप्रमुख महेश चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी नगरवासीसामु यी उपलब्धिहरू प्रस्तुत गरेका हुन्।

नगरपालिकाले जन्म, मृत्यु, विवाह दर्ता तथा नागरिकता सिफारिस दस्तुरमा पूर्ण छुट प्रदान गरी सेवा सरल र जनमैत्री बनाएको छ। समाजका सीमान्तकृत समुदायलाई केन्द्रमा राखी मुसहर परिवारलाई क्रियाखर्च स्वरूप रु ५ हजार, दाहसंस्कारका लागि ४ क्विन्टल दाउरा सहयोग, र जस्ताको छाना निर्माणका लागि रु ४५ हजार उपलब्ध गराइएको छ।


गर्भवती महिलालाई प्रत्येक महिनाको २२ गते पोषण प्याकेज अन्तर्गत हालसम्म ४ हजार जनालाई खाद्यान्न प्रदान गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवा र अपाङ्ग, वृद्धवृद्धाका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ। ‘एक कक्षा, एक शिक्षक’ योजनाअन्तर्गत १२५ स्वयंसेवक शिक्षक परिचालन गरिएको छ। ‘एक विद्यालय, एक कम्प्युटर’, ‘एक कक्षाकोठा, एक पंखा’ कार्यक्रममार्फत डिजिटल र भौतिक सुविधा विस्तार गरिएको छ।



शैक्षिक पूर्वाधार विस्तारमा १५ वटा चार कोठे र ४ वटा दुई कोठे विद्यालय भवन, ४० वटा सुलभ शौचालय, ४ वटा मञ्च, ४० वटा कम्पाउन्ड वाल निर्माण गरिएको छ।सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि कापी, पेन्सिल, रेजर वितरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT कक्षा जस्ता कार्यक्रमले गुणस्तरमा टेवा पुर्‍याएको छ।

जोडिएको छ। लैङ्गिक हिंसा पीडित १० महिलालाई राहत रकम प्रदान गरिएको छ। दलित तथा गरिब विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति उपलब्ध गराइएको छ।
लहान नगरपालिकाले विकासको परिभाषालाई केवल सडक र भवनमा सीमित नराखी सामाजिक समावेशिता, शिक्षा–स्वास्थ्य सुधार, कृषिमा सहजीकरण, महिला–बालबालिकाको हक, र धार्मिक सांस्कृतिक चेतनालाई समेत आत्मसात् गर्दै अघि बढेको स्पष्ट देखिन्छ। नगरप्रमुख महेश चौधरीले भने, “हामी समावेशी, दिगो र सहभागी विकासको मार्गमा छौँ। समृद्ध लहान बनाउने हाम्रो यात्रा अझ गती लिनेछ।”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *