लहान नगरपालिकाले २०३० सम्म प्रत्येक घरमा शुद्ध खानेपानी पुर्‍याउने योजना सार्वजनिक

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ साउन लहान— लहान नगरपालिकाले सन् २०३० भित्र सबै घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने दीर्घकालीन योजना सार्वजनिक गरेको छ। यो महत्वाकांक्षी परियोजना वाटर एड यूके र एंगलियन वाटरको मुख्य साझेदारीमा सञ्चालित हुँदैछ। हालसम्म खानेपानीको स्थायी पहुँच उनका अनुसार हाल प्राथमिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर १८, ११, १२ र २० मा योजना विस्तार गरिनेछ। “विकासको मेरुदण्ड भनेकै स्वच्छ पानी र राम्रो सरसफाइ हो,” मेयर चौधरीले भने, “हामीले २०३० सम्म सबै वडामा घर–घरमा पानी पुर्‍याउने प्रतिबद्धता लिएका छौं।”

योजना अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, र सार्वजनिक स्थलहरूमा समेत सुरक्षित खानेपानी र शौचालयको सुविधा विस्तार गरिनेछ। दलित र विपन्न समुदायका बस्तीमा विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।


नगरप्रमुख महेश चौधरीले भने, “यो योजना लहानको दिगो विकास र स्वास्थ्य सुधारको मेरुदण्ड बन्नेछ।”
परियोजना सम्पन्न भएपछि लहान नगर शुद्ध खानेपानी पहुँचको दृष्टिले प्रदेशकै नमुना नगरपालिका बन्ने अपेक्षा गरिएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *