लागुऔषध सहित ६ जना मानिसहरु प्रहरीले पक्राउ गरेको छ।

तराई फिलिक्स २३पुस

लहान । विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतबाट खटीएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा निम्न मानिसहरुलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।
निम्नः-
१ ) मिति २०८१।०९।२३ गते जिल्ला सिरहा, सखुवान्नकारकट्टी गाउँपालिका वडा नं. ३ स्थित इ.प्र.का.महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले लहान ठाडी सडक खण्डमा परिहारपुर चौक स्थित पैदलयात्री जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २१ बेतहा टोल बस्ने अं.बर्ष २५ को श्रवण कुमार गुप्तालाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको दाहिने साइडको खल्तिबाट कालो प्लाष्टिकको झोला भित्र DIAZEPAM (डाइजोपामं)- ५ (पाँच) एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE(प्रमिथोजाइन हाइड्रोक्लोराइड) -५ (पाँच) एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) -५ (पाँच) एम्पुल गरी जम्मा १५ एम्पुल लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध सहित निज श्रवण कुमार गुप्तालाइ लागुऔषध सहित नियन्त्रणमा लिई इ.प्र.का.लहान सिरहामा ल्याइ थप अनुसन्धान कार्य भईरहेको ।

२) मिति २०८१।०९।२३ गते जिल्ला सिरहा, सखुवान्नकारकट्टि गा.पा. ५ महेशवारी चौक स्थित इ.प्र.का.महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले ठाडी बाट लहान तर्फ जादैँ गरेको यात्रु बाहक बसलाई शंका लागी चेकजाँच गर्दा बसमा सवार जिल्ला सिरहा लहान नगपालिका वडा नं. ५ बलुवा टोल बस्ने अं. बर्ष २३ को रोहित सदायको साथबाट कालो प्लाष्टिकको झोला भित्र DIAZEPAM (डाइजोपामं) ९ (नौ) एम्पुल, PROMETHOZINE-HYDROCHLORIDE (प्रमिथोजाइन हाइड्रोक्लोराइड) ५ (पाँच) एम्पुल र BUPRENORPHINE (बुरुफोफाइन) ११ (एगारह) एम्पुल गरी जम्मा २५ एम्पुल लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध सहित निज रोहित सदायलाई नियन्त्रणमा लिइ इ.प्र.का.लहान सिरहामा ल्याइ थप अनुसन्धान कार्य भईरहेको ।
३) मिति २०८१।०९।२३ गते जि.प्र.का.सिरहा, इ.प्र.का.लहान सिरहा, अ.प्र.पोष्ट पक्कीटोल सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले लागुऔषध (गाँजा) ल्याउदै छ भने गोप्य सुचनाको आधारमा जिल्ला सिरहा धनगढिमाइ नगरपालिका वडा नं. १४ सर्रे खोला स्थित उत्तरबाट दक्षिणतर्फ पैदल ल्याउदै गरेको निम्न स्थान बस्ने निम्न मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरामा(डोरीले नाम्लोको भारी बनाई पिठ्युमा बोकी) भित्र कालो रंगको प्लाष्टिकमा लागुऔषध (गाजाँ) ३ पोका फेला परेकोले रीतपूर्वक बरामद गरी लागुऔषध (गाजाँ) सहित निजमानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का.लहान सिरहामा ल्याइ थप अनुसन्धान कार्य भईरहेको ।
निम्न मानिसहरुः-

i. जिल्ला उदयपुर कटारी न.पा. वडा नं.०८ अहाले टोल बस्ने अं. बर्ष २६ को मधु लाल थापा मगरको साथ बाट पलाष्टिक बोरा सहितको तौल गर्दा २० किलो २५० ग्राम भएको, बोरा प्लाष्टिक बाहेक तौल गर्दा २० किलो ग्राम भएको ।
ii. ऐ.ऐ.बस्ने अं. बर्ष २७ को निर बहादुर गुरुङको साथ बाट प्लाष्टिक बोरा सहितको तौल गर्दा १९ किलो ३७० ग्राम भएको, पलाष्टिक बोरा बाहेक तौल गर्दा १९ किलो ग्राम भएको ।
iii. ऐ.ऐ. बस्ने अं. २१ बर्ष नविन राना मगरको साथ बाट प्लाष्टिक बोरा सहित तौल गर्दा २० किलो ३४० ग्राम भएको र प्लाष्टिक बोरा बाहेक २० किलो ग्राम भएको ।
iv. पैदल यात्री जिल्ला सिरहा धनगढिमाइ न.पा. वडा नं. १४ गागन टोल बस्ने अं. बर्ष ४४ को शेर बहादुर मगर ।
लागुऔषध गाजाँ ३ पोका प्लाष्टिक बोरा सहित तौल गर्दा जम्मा ५९ किलो ९६० ग्राम रहेको जिप्रका सिरहाले जनाएको छ।