लागूऔषध सहित १ जना व्यक्ति प्रहरीको नियन्त्रणमा

तराई फिलिक्स सम्बादाता


          लहान। मिति २०८१।०९।२८ गते अं. १०:०० बजेको समयमा जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. १ पानीटङ्की स्थित ऐ. बस्ने अं. वर्ष ४५ को दयाराम ठाकुरले आफ्नो घरमा लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट संयुक्त प्रहरी टोली खटिगई निज दयाराम ठाकुरले आफ्नो घरको आँगनमा ऐ.१०:३० बजेको समयमा आफ्नो दाँया हातमा बोकेको कालो रंगको प्लाष्टिक पोका प्रहरीले चेकजाँच गर्दा निम्न अनुसारको लागूऔषध र निजको घर आँगन खानतलासी गर्दा कोठाको  उत्तर-दक्षिण कुनामा छोपी राखेको कालो रंगको प्लाष्टिक पोका खोली हेर्दा सो पोका भित्रबाट मानिसको रगत लागेको निडिल बाङ्गिएको अवस्थामा प्रयोग भएको सिरिन्च थान-८ (आठ), निडिल प्रयोग नभएको सिरिन्च थान-७ (सात), निडिल प्रयोग भएको सिरिन्च थान-३ (तीन) वटा सेटलाई रबरले बाँधिएको सेट थान-११,जम्मा प्रयोग भएको एम्पुल ३३ थान र सोही प्लाष्टिकको पोका भित्रबाट WIXDIN-100 ml लेखिएको बिर्को सहितको खाली बोतल थान-३ (तीन) समेत फेला पारिएकोले लागूऔषध सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको ।


निम्न लागूऔषध:-
१)Diazepam Injection-३० (तीस) एम्पुल ।
२) Promethozine hydrochloride-३० (तीस) एम्पुल ।
३)Bupernoorphine injection-३१ (तीस) एम्पुल ।
              गरी जम्मा ९१ (एकानब्बे) एम्पुल ।
४)Cough Lincuts RJT-SCEN-100 ml-१४ (चौध) बोतल ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ