सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

तराई फिलिक्स अजय मिश्र
काठमाडौं, मंसिर ८



जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ। देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ। बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ। ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ। नैराश्यता बढ्दो छ। वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले  जनता प्रगतिशील पार्टी नेपालको ठहर छ। तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतांत्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न अनुरोध गरिएको छ।

जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्षरित प्रेस विज्ञप्ति आज निकालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ