सिरहाको बरीयारपट्टि बाट लागुऔषध गाजा सहित एकजना पक्राउ ।


५ गते मंसिर लहान । जिल्ला सिरहा बरियारपटि गाउँपालिका वडा नं० स्थितमा
मिति २०८२ मंसिर ०४ गते अं ७.५ ० बजेको समयमा इलाका प्रहरी कार्यालय बरियारपट्टि सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बरियारपट्टिबाट जिरोमाईल तर्फ जादै गरेको नं.नखुलेको (नं.प्लेट नभएको) मोटरसाइकललाई रोकी चेकजाँच गर्न खोज्दा मोटरसाईकल चालक मोटरसाईकल छाडी फरार भएको र मोटरसाईकलमा पछाडि सवार जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. १ कुण्डलपूर बस्ने अं.बर्ष ३० को हरि गोबिन्द यादवले उक्त मोटरसाईकलमा प्लाष्टिकको बोरा भित्र लूकाई छिपाई राखेको लागुऔषध (गाँजा) ११ पोका तौल गर्दा ११ किलोग्राम फेला परेकोमा कानुन बमोजिम बरामद गरी निजलाई उक्त लागुऔषध (गाँजा) र मोटरसाईकल सहित नियनत्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको तथा मोटरसाईकल चालकको खोजतलास एवं पहिचान गर्न कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


