सिरहामा कटुवा पेस्तोल सहित तिनजना भारतिय नागरिक पक्राउ ।


२१ साउन लहान । जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं ३ खोरियाटोल स्थित मिति २०८२ साउन २० गते अन्दाजी ४:०० बजेको समयमा मिर्चैया-चोहर्बा सडक खण्डमा इलाका प्रहरी कार्यालय मिचैया सिरहाबाट खटिएको प्रहरी टोलिले भारतबाट गोलबजारतर्फ जादै गरेको BR 32 AW 1812 नं.को मोटरसाईकल रोकी मोटसाईकलमा सवार निम्न मानिसहरु मोटरसाईकल चालक देश भारत मधुबनी जिल्ला बेल्हीपुवी पच्चायत वडा न. ३ झौली टोल बस्ने अन्दाजी बर्ष १९ को ऋषि नाथ मण्डल , सोही मोटरसाईकलको’ बिचमा सवार सोही स्थान बस्ने अन्दाजी बर्ष २० को ओम शंकर यादव र सोही मोटरसाईकलको पछाडी सवार सोही स्थान बस्ने अन्दाजी बर्ष १९ को आकाश कुमार मण्डल निजले कम्मरको भागमा लुकाई छिपाई राखएको कटुवा पेस्तोल थान १ बरामद भएको छ।
पक्राउ पर्ने निजहरुलाई इलाका प्रहरी कार्यायलय मिचैंया सिरहामा ल्याई मिति २०८२ साउन २१ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी ३ दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएको छ।


