सिरहामा फेरि लागिऔषध ब्राउनसुगर सहित तिनजना पक्राउ


३ आसार । जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.५ मा मिति २०८२ आसार ०२ गते अन्दाजी ९:२० बजेको समयमा इलाका प्रहरी कार्यालय मिचैया सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गरने क्रममा मिर्चैया नगरपालिका वडा न. ५ स्थित खाली अवस्थामा रहेको घरमा सोही स्थान बस्ने अन्दाजी बर्ष २० को राहुल कुमार साह, सोही स्थान बस्ने अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैंया नगरपालिका वडा नं. ६ बस्ने अन्दाजी बर्ष २२को बिशाल गिरीले लागुऔषध सेवन गर्दै गरेको अबस्थामा प्रहरी गस्ती टोलीलाई देख्न साथ उक्त लागुऔषध फालेकोमा शंका लागि उक्त फालेको वस्तु चेकजाँच गर्दा ३ वटा कालो प्लाष्टिकमा बेरिएकोमा तौल गर्ी प्लाष्टिक सहित ५४० मिलि ग्राम ब्राउन सुगर जस्तो देखने पदार्थ रहेकोले रीतपर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई मिति २०८२ आसार ०३गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद थप लिई इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।
