सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुरा भएको छ । परम्परागत थारु पर्व समा चकेवा महोत्सव २०८२ दुई दिनसम्म चल्नेछ। यस अवसरमा स्थानीय तथा वरिपरिका गाउँका कलाकारहरूलाई सहभागी गराई सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध कार्यक्रमहरू सञ्चालन गरिने छन्।


थारु सांस्कृतिक संरक्षण संघ नेपाल, सुखिपुर नगर पालिकाका नगरर अध्यक्ष राज कुमार चौधरीका अनुसार समुदायमा आपसी सहयोग, सांस्कृतिक पहिचान र युवा पुस्तामा लोककला तथा परम्पराको मूल्य बृद्धि गर्ने अवसर पनि प्रदान गर्नेछ। उनले जनसहभागितामा आधारित यस महोत्सवले स्थानिय र वरिपरिका क्षेत्रका कला–साहित्य, नृत्य, र संगीतको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए साथै स्थानिय कालाकारमा नाम चर्चित भएका फेकुवा टिमद्धरा मनोरंजन प्रदान गर्ने समेत अध्यक्ष चौधरीले बताए ।


समा चकेवा थारु समुदायमा विशेष महत्वको पर्व रहेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले यस पर्वलाई मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउने गरेका छन्। पर्वको अवसरमा थारु पौराणिक नाच, गितगोदहन समेत प्रस्तुत गरिने अध्यक्ष चौधरीले बताए ।


महदेवा गाउँमा पहिलो पल्ट यस्ता महोत्सव हुने भएकोले स्थानीय समुदायको उत्साहपूर्वक सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवको सफल आयोजनाले सांस्कृतिक धरोहरको संरक्षण तथा  पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *