सुजमाबीमा २०८१ सालको SEE परीक्षामा उर्तिण भएका विद्यार्थीहरूलाई सम्मान तथा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमासम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान, अषाढ २८ । सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा २०८१ सालको SEE परीक्षामा उर्तिण भएका विद्यार्थीहरूलाई सम्मान तथा हाजिर जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष श्रीदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव प्रमुख अतिथि तथा उपाध्यक्ष रेणु कुमारी यादव, वडाध्यक्ष रामपृत यादव, श्याम नन्दन यादव, विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव तथा अन्य शिक्षक कर्मचारीहरू विशिष्ट अतिथि तथा अतिथिका रूपमा सहभागी भएका थिए।J

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले विद्यालयको तर्फबाट SEE उर्तिण विद्यार्थीहरूको सफलताको शुभकामना व्यक्त गर्दै भविष्यमा अझ राम्रो नतिजा ल्याउने प्रेरणा दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले सधैं विद्यार्थीहरूलाई पढाइ मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउने प्रयास गर्दै आएका छौं। यसै अनुरूप सम्मान तथा हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो।”

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शिवजी यादवले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ भएर अघि बढ्न प्रेरित गर्दै भन्नुभयो, “SEE जीवनको एउटा खुसीको मोड हो, तर यो अन्त्य होइन, आगामी यात्राको सुरुवात हो। इमान्दारी र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउनुहोस्।” कार्यक्रममा विशिष्ट अतिथिहरूले समेत शुभकामना मन्तव्य राख्दै शिक्षा क्षेत्रमा सुधार ल्याउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। सम्मान कार्यक्रमअन्तर्गत विद्यालयबाट २०८१ सालको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५० जना विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा र गिफ्ट प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरूबीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरि विजयी हुने समूहलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी अभिभावक तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक शिवशंकर यादवले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समिति सदस्य रामेश्वर यादवले गर्नुभएको थियो। विद्यालयले यस कार्यक्रमलाई वार्षिक परम्पराको रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानाध्यापक यादवका अनुसार, “शिक्षामा मात्र होइन, व्यवहारिक सीप र आत्मविश्वास बढाउने यस्ता कार्यक्रमहरू विद्यालयले निरन्तर गर्दै जानेछ।”


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *