“हाम्रो भोर, हाम्रो अभियान” नारासहित सखुवाननकारकट्टी–१ मा युवाद्वारा सरसफाइ कार्यक्रम सुचारु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

५ कार्तिक लहान।सिरहा जिल्लाको सखुवाननकारकट्टी गाउँपालिका–१ मा आज बिहान “हाम्रो भोर, हाम्रो अभियान” नाराका साथ स्थानीय युवाहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन्। गाउँको सडक, र सार्वजनिक स्थल सफा गर्दै युवाहरूले सफा, स्वस्थ र हरित गाउँ निर्माणको सन्देश दिएका हुन्। बिहानैदेखि सक्रिय भएका युवाहरूले झारपात हटाउने, फोहर संकलन गर्ने र जनचेतनामूलक सन्देशसमेत प्रवाह गरेका थिए।

स्थानीय बासिन्दाले युवाहरूको पहलप्रति खुशी व्यक्त गर्दै निरन्तर यस्ता अभियानले गाउँलाई सुन्दर र व्यवस्थित बनाउन सहयोग पुग्ने बताएका छन्। सन्योजक सन्तोष यादबले हरेक हप्ता यस किसिमका सरसफाइ अभियान निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *