महेशवारीबाट लागुऔषध सहित २(दुई) जना मानिसहरु पक्राउ परेका छन्

तराई फिलिक्स मिति २०८१ कार्तिक ५ सोमबारल

  लहान । मिति २०८१।०७।०३ गते अं.२३;०० बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ५ भित्री सडक खण्ड स्थितमा इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा  गेरुवाहाबाट खैरवना चौकतर्फ आउदै गरेको निम्न स्थान बस्ने जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ साकेला टोल बस्ने अं. बर्ष २१ को सन्देश राई , ऐ.ऐ. बस्ने अं. बर्ष २२को सुगम राई लाइ शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट निम्न लागुऔषध डाइजेपाम ६९ एम्पुल ,बुप्रेनोरफिन ७६ एम्पुल ,प्रोमेथाजाइन ७४ एम्पुल, जम्मा २१९ एम्पुल ,कि-प्याड मोवाइल एक थान फेला परेकोले रित्तपूर्वक बरामद गरी, निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ