लहानमा व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण, कार्यवाहक प्रधानमन्त्री सिंहले मेयर चौधरीलाई बुझाए साचो

२२ साउन लहान । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ६ र ७ मा निर्माण सम्पन्न भएका नवनिर्मित व्यापारीक भवनको उद्घाटन तथा हस्तान्तरण गरेका छन् ।


एक विशेष समारोहका बीच आयोजित उक्त कार्यक्रममा मन्त्री सिंह प्रमुख अतिथि रूपमा उपस्थित थिए भने लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाली कांग्रेस मधेस प्रदेश महामन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास सारडा, सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।


उद्घाटन पश्चात कार्यवाहक प्रधानमन्त्री सिंहले व्यापारीक भवन लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गरे । भवन हस्तान्तरणसँगै स्थानीयस्तरमा व्यापारिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको आयोजना सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीले गरेको थियो । समारोहको अध्यक्षता सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गरेका थिए ।


“२०७४ सालमा पहिलो निर्णय गरेको स्पिङ मल्ल २०८२ मा पूरा हुदा र आफ्नो आखाको अगाडि स्पिङमल्ल देख्न पाउँदा खुशी समेत व्यक्त गरेका छन् साथै ७७ वटा जिल्ला मध्ये एउटा लहानपनी हो वाहाले माया गर्ने साथै वाहाको हाथबाट हस्तान्तरण भएको गर्व महसुस भएको छ र लहानको टाउन प्लानिङ् पनि काम अगाबढी सकेको छ सात आठ महिना भित्र फुकुवा हुने र टावनप्लानिङको सडकमा बजेट राखदिनुहुन्छ भने समेत कुरा कावा प्रधानमन्त्री समक्ष राख्नु भयो” , लनपा- ६ का वडाध्यक्ष रमेश गौतमले।


 
स्थानीय विकासमा सरकारी संरचनात्मक लगानीका माध्यमबाट नगरको समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ