सवारी ज्यान मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ

Oplus_131106

सिरहा, २०८२ जेठ २० – सवारी ज्यान मुद्दा मिलाइदिने आश्वासन दिँदै १ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। सिरहा जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा संलग्न भएको अभियोगमा प्रमोद कुमार महतो नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्राप्त विवरणअनुसार, सिरहा नगरपालिका–१६ माडर बस्ने ४८ वर्षीया रानी देवी यादवसँग विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोद कुमार महतोले उनको छोरा विवेक यादवलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै ठगी गरेका थिए। विवेक यादव सवारी ज्यानसम्बन्धी मुद्दा (मुद्दा नं. ३६६) मा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका थिए।

मिति २०८१ साल असार २७ गते बिहान ११ बजे रानी देवीसँग प्रमोदले रु. १,७०,००० रकम लिएको र पछि सम्पर्कविहीन भएको जाहेरीको आधारमा अनुसन्धान अघि बढाइएको हो। प्रहरीको सक्रियतामा महतो मिति २०८२ साल जेठ १९ गते साँझ ६ बजे पक्राउ परेका हुन्।

हाल उनलाई सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीर अपराध मानेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *