इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २ लाख बराबरको  सामान बरामद

अजय मिश्र, कृष्णनगर, जेठ १०

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ।

शुक्रवार बिहान करिब  ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.०६ भिल्मी चोक स्थितमा बाट चोरी निकासी पैठारी गरेको रु १३५००।- बराबराको ३ बोरा (१५० के.जी.) चिनी बरामद गरेको छ।

सोही दिन बिहान अन्दाजी ११:३० बजेको समयमा कपिलबस्तु महाराजगंज नगरपालिका वडा नं.०९ कुसहवा बढनी स्थितमा २ थान मोटरसाईकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउदो बोईलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुट समेत गरी जम्मा रु. २०००००।– को सामान पक्राउ गरिएको छ।

पक्राउ गरिएको सामान आवश्यक कार्यवाही का लागि
कृष्णनगर भन्सार कार्यालय  पठाईएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *