सिरहा क्षेत्र नं.–१ को जनसम्पर्क कार्यालयमा जसपा नेपालको विस्तारित बैठक सम्पन्न।

२१ माघ लहान। सिरहा क्षेत्र नं.–१ स्थित जनसम्पर्क कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विस्तारित बैठक सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा फाल्गुन २१ को चुनावबारे छलफल गर्न बैठक आयोजना गरिएको हो।

बैठक राम उदगार महतोको अध्यक्षतामा आयोजना गरिएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्र सदस्य सत्य नारायण यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता तथा प्रेस मञ्चका सञ्चारकर्मीहरूको सहभागिता देखिएको थियो।

बैठकमा विशिष्ट अतिथिका रूपमा राकेश झा, श्याम कुमार गुप्ता, जितेन्द्र प्रकाश महतो, बैद नाथ साह, शत्रुधन मण्डल, राजेश कुमार गुप्ता, दिनेश महतो, बिपी चौधरी, प्रयाग लाल यादव, जानकी यादव, पुनिता पासमान, बेचन प्रसाद यादव, राम नाथ पण्डित, शिव नारायण महतो, चन्द्र नारायण कुशवाहा, आशा देवी महतो, सियाराम यादव, खडक नारायण चौधरी तथा ललित नारायण कुशवाहा,मो. आलम लगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै प्रेस मञ्चका तर्फबाट जिल्ला अध्यक्ष , केन्द्रिय सदस्य,प्रदेश सदस्य र जिल्ला सदस्य कार्यक्रममा सहभागी भएका थिए।

बैठकमा स्वागत मन्तव्यमा बोल्दै वक्ताहरूले संगठनलाई जनतामुखी पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। मधेसका जनताको हक–अधिकार, पहिचान र समावेशी लोकतन्त्रका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउन रणनीति बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। साथै, पार्टीको नीति तथा कार्यक्रमअनुसार संगठन सञ्चालन गर्न कार्यकर्ताहरूलाई सक्रिय र जिम्मेवार बन्न आग्रह गरिएको थियो।
बैठकमा हालको राजनीतिक परिस्थितिको समीक्षा गर्दै मधेस प्रदेश तथा सिरहा जिल्लामा देखिएका समस्या, विकास निर्माण, सुशासन, दलित ,आदिवासी जनजाति, थारु ,मुसलिम र जनजीविकाका सवालहरूबारे गम्भीर छलफल भएको थियो। पार्टीलाई बलियो बनाउन तथा वडास्तरीय भेला र जनसम्पर्क अभियानलाई तीव्रता दिने निर्णय समेत गरिएको छ।

कार्यक्रमको अन्त्यमा पार्टी नेतृत्वले एकता, अनुशासन र समर्पणका साथ अघि बढ्न सबै नेता–कार्यकर्तालाई आग्रह गर्दै जनता समाजवादी पार्टी नै मधेस र उत्पीडित वर्गको वास्तविक आवाज भएको दाबी गरेको थियो। बैठकले पार्टी संगठनलाई थप मजबुत बनाउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।
