स्रोत नखुलेको रकम सहित १ जना मानिस पक्राउ।



२७ असोज लहान । जिल्ला सिरहा नगरपालिका वडा नं. २० लकडिगदियानी स्थित प्रहरी चौकी लकडिगदियानी बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको म.प्र.०२-०१ -००३ प २१०२ नं. को मोटरसाईकललाइ शंकाको आधारमा रोकी चेकजाँच गर्दा निज मोटरसाईकल चालक जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं. १ बनिनिया बस्ने बर्ष ३० को राशिन्द्र मण्डलले पछाडी बोकेको कालो झोला भित्र स्रोत नखुलेको रु आठ लाख पच्चिस हजार मात्र नेपाली रकम र निम्न सर-सामानहरू कपाली तमसुक २ थान ,आरूष रेमिटेन्सको स्टाम्प १ थान ,बिभिन्न बैंकको ATM कार्ड ५ थान, बिभिन्न बैकको चेकबुक ५ सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई अनुसन्धान कार्य भई भईरहेको जिप्रका सिरहाले जनाएको छ।

