सिरहामा लागुऔषध खैरोहिरोइन सहित १जना पक्राउ।

३० असोज लहान। जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ३ चेक प्वाईन्ट स्थितमा मिति २०८२ असोज २९ गते अन्दाजी २;४५ बजेको समयमा इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट संयुक्त रुपमा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिराटनगरबाट बिरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाइ रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रु जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३४ को राम कुमार चौधरीले लगाएको पाईन्टको खल्तीबाट  खैरोहिरोइन जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा ६.११० ग्राम लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी निज राम कुमार चौधरीलाई लागुऔषध सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *