हाथिदह सिमसार क्षेत्र भित्रका एक होटेलमा चोरी, स्थानिय द्वारा सुरक्षाको माग।


लहान भदौ ३१ । सिरहा जिल्लाको लहान नगरपालिका १५ हात्तीदह स्थित मुख्य गेट नजिकैको एक सानो पसलमा चोरी भएको छ। महेन्द्र नारायण चौधरीको पसलबाट हिजो राति पेय पदार्थ, चुरोट तथा केही नगद गरी करिब १५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको सजनी चौधरीले बताए ।

चोरीको समयमा पसलका मालिक चौधरीलाई सर्पले टोक्दा उनी उपचारका लागि बाहिर रहेका थिए। सोही अवसर छोपेर चोरले पसलमा हात साफ गरेको अनुमान गरिएको छ।
स्थानीय व्यपारी धिरेन्द्र कुमार चौधरीका अनुसार हात्तीदह क्षेत्रमा यसअघि पनि पटक–पटक यस्ता चोरीका घटनाहरू भइसकेका छन्। तर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा जनताले सुरक्षा व्यवस्था माथि नै प्रश्न उठाएका छन्।

“एक स्थानियले भनेका छन् ” मादक सेबन कर्ता लागुऔषध प्रयोग कर्ताहरु आजभोलिको टिनएजका स्थानिय अतै वरिपरिका युवाहरु चोरी गरीरहेको संका गरेका छन् ।

घटनाबारे जानकारी दिँदै हात्तीदह सिमसार संरक्षण समितिका अध्यक्ष रूद्र नारायण चौधरीका अनुसार “यो पहिलो घटना होइन, यसअघि पनि चोरी भएका छन्। सिमसार क्षेत्र भित्र पनि चौधरी भएको हो । हामी लगातार खोजीमा छौँ र चाँडै नै यस्ता चोरलाई समातिनेछ।” यस घटनापछि स्थानीयवासीले गाउँमा चोरी रोकथामका लागि प्रहरी प्रशासनलाई थप सक्रिय भूमिका खेल्न माग गरेका छन्।