लहान नगरपालिका द्वारा जेनजी सहिद स्व. चौधरीको परीवार समेतलाई सहयोग गर्ने प्रतिबद्धता ।

२ आश्विन लहान । जेन जि आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाइएका सहिद स्व.बिजय चौधरीको परीवार लगायत श्रीमती छोरीलाइ समेत नगरपालिकाका मेयर चौधरीले  सहयोग गर्ने घोषणा गरेको छ।

विहिबार पत्रकार सम्मेलन गरि सहिद स्व.चौधरीको परीवारलाइ सहयोग स्वरुप १ लाख दिने, ढाइ बर्षिय छोरिलाइ १२ कक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्ने र श्रीमती लाई  शैक्षिक योग्यताको आधारमा लनपामा जागिर दिने समेत घोषणा गरेका छन् ।

जेनजी युवा पुस्ता द्वारा २४ गते भएको आन्दोलनमा लहान नगरपालिका कार्यालय भवनमा तोडफोड र आगजनीमा इन्जिनियर द्वारा मुल्यांकनमा जम्मा ७ करोडको क्षती भएको नगरप्रमुखले जानकारी दिएको।

तर जेनजीको आन्दोलनमा  तोडफोड , आगजनी र लुटपाट गर्ने राजनीतिक प्रतिसोधका कारण र अराजकता ब्यक्तिले यस्तो घटना घटाएको नगर प्रमुख चौधरीले बताए साथै य स घटनामा सम्लगन ब्यक्तिको सोसियल मीडिया मार्फत स्क्रिन सट गरेर पहिचन गरि कारवाहीको दायरामा ल्याउन उनले राज्य सङ्ग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *