कृष्णनगर क्षेत्रमा सिसि क्यामेराकाे निगरानी , गाडीकाे नम्बर प्लेटसमेत स्क्यान गर्ने


बैशाख १६ । कपिलवस्तु जिल्लामा पहिलाे पटक बजार क्षेत्र लगायत गाडीकाे नम्बर प्लेटसहित स्क्यान गर्ने अत्याधुनिक क्यामेराकाे निगारानीमा कृष्णनगरकाे सुरक्षा व्यवस्था चुस्तदुस्त बनाइएकाे छ ।

कृष्णनगर बजार क्षेत्र , बहादुरगंज हुलाकी बाटाेकाे गाैरव शाह चाैक भन्सार , बसपार्क , गाेलघर लगायतका स्थानमा कुल २४ वटा क्यामेरा जडान गरिएकाे इलाका प्रहरी कार्उालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ । सिमा क्षेत्रका बजार र वरपर एरियामा सुरक्षा चुनाैतीलाई समाधान गर्न कपिलवस्तुमै पहिलाे पटक नया प्रविधियुक्त ANPR camera २ वटा र त्यसका सहायक २ वटा कृष्णनगर- चन्द्राैटा सडकखण्डमा जडान गरिएकाे छ । क्यामेराले भेहिकल टाइप , भेहिकल क्लर , स्पिड चेक गर्न सक्ने क्षमता रहेकाेले सबै प्रकारका गाडीहरु खासगरी अवैधानिक क्रियाकलापमा संग्लन हुने गाडी र दुर्घटना गरि भाग्ने अपराधीसमेतलाई समात्न सकिने छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरकाे पहल तथा कृष्णनगर नगरपालिकाकाे आर्थिक सहयाेगमा प्रहरी कार्यालयभित्र सिसिटिभी क्यामेरा जडान गरिएकाे हाे ।
