जबर्जस्ति करणी मुद्दाका फरार ब्यक्ति पक्राउ

वैशाख २१ लहान। — जबरजस्ती करणी मुद्दामा फरार रहेका सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ का १९ वर्षीय बिवेक साहलाई प्रहरीले पक्राउ गरेको छ। परिवर्तित नाम ०८१/८३ पतार G-1 को जाहेरीका आधारमा मुद्दा दर्ता भई फरार रहेका साहलाई प्रहरी चौकी कचनारी र हर्कट्टी सिरहाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा औरही गाउँपालिका वडा नं. १ स्थित नेपाल-भारत सीमा क्षेत्र दरैया टोलबाट पक्राउ गरेको हो।

साह लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेशपुर पतार ल्याइएको छ। सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *