जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न

शम्भु चौधरी लहान, २२ कार्तिक । जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड,धनगढीमाई नगरपालिका १ सिरहाको १३औं वार्षिक साधारण सभा शुक्रबार भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्जय कुमार महतो उपस्थित रहनु भएको थियो । प्रमुख अतिथि महतोका अनुसार सहकारिता आन्दोलन आर्थिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै संस्थाले देखाएको समर्पण र प्रगतिको प्रशंसा गर्नुभयो। विशिष्ट अतिथि वडा १ का वडा अध्यक्ष सूर्य नारायण यादवले पनि सहकारीले गाउँघरमा आर्थिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै निरन्तरता र पारदर्शिताको आवश्यक्ता औंल्याउनुभयो। विशिष्ट अतिथि वडा २ का वडा अध्यक्ष मो. हमिद राइन वडा सदस्य ज्ञानकुमारी चौधरी, र अतिथि रामऔतार महतोले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सभामा संस्थाका तर्फबाट विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेन सहकारीका कोषध्यक्ष नारायण यादव, लेखा प्रतिवेदन लेखा संयोजक लक्ष्मी नारायण यादव र प्रगति प्रतिवेदन सहकारी सचिव नन्दीलाल चौधरीले प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाको अन्त्यतिर संस्थाले उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरेको थियो। कुल २० जना मध्ये १० जना असल बचतकर्ता र १० जना असल ऋणीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शम्भु प्रसाद चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य, स्थानीय प्रतिनिधि, शेयर धनिहरु तथा आम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाको आगामी वर्षका कार्यक्रमहरू अझ सशक्त र सदस्यमुखी बनाउन सबैको निरन्तर समर्थन र सुझावको अपेक्षा व्यक्त गर्नुभयो।

स्थानीय स्तरमा बचत, सहकारिता र आर्थिक सशक्तिकरणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सहकारी संस्थाको वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
