सिरहाको मिर्चैयाबाट लागुऔषध सहित दुइजना पकाउ ।

२० कार्तिक लहान। जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं.७ जिवा टोल स्थितमा मिति २०८२ कार्तिक १९ गतेअं ६:३५ बजेको समयमा लागुऔषध ब्राउन सगर बिक्रि बितरण भइरहेको छ भन्ने सचना प्राष्हन साथ जिल्ला प्रहरी कार्यलाय सिरहा र इलाका प्रहरी कार्यालय मिचैया सिरहाबाट संयुक्त प्रहरी टोली खटि गई जिल्ला सिरहा मिचैंया नगरपालिका वडा नं. ७ जिवा टोल बस्ने अं बर्ष २६ को सन्तोष साह र ऐऐ. बस्ने अं बर्ष २५ को दिषेन्द्र कुमार मण्डललाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी निज दिपेन्द्र मण्डलको घर कानुन बमोजिम खानतलासी गर्दा निजको घरको पहिलो तल्लामा रहेको भान्सा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागुऔषध ब्राउन ‘सुगर जस्तो देखिने लागुपदार्थ प्लाष्टिक ‘सहित २ ग्राम ६४० मिलिग्राम,डिजिटल तराजु थान-१ , निजहरुले प्रयोग गरेको मोबाईल थान-२ सहित रित पुर्वक बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलाय मिचैंया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *