सिरहाको गोलबजारबाट लागुऔषध खैरोहिरोइन सहित १ जना मानिस पक्राउ।

१९ कार्तिक लहान। जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.०८ पुरानो चोहर्वा स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ,  भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२।०७।१८ गते अं.१७;२० बजेको समयमा इलाका प्रहरी कार्यालय गोलबजारबाट र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१० महाजन टोल बस्ने अं. बर्ष २० को रुपेश सिंहले प्रहरीलाई देखि भाग्न खोज्दा निजलाई नियन्त्रणमा लिई कानून बमोजिम निजको शरीरको खानतलासी गर्दा निजको दाहिने हातमा १ वटा सानो कालो प्लाष्टिकको पोकामा लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ६४० मिलि ग्राम र प्लाष्टिक बाहेक तौल गर्दा २ ग्राम १३० मिलि ग्राम फेला परेकोले रीतपूर्क बरामद गरी निजलाइ नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *